उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालकाे फराकिलो मतान्तरले अग्रता
उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालकाे फराकिलो मतान्तरले अग्रता
धनगढी : धनगढी उपमहानगरपालिकाको मेयरमा अहिलेसम्म २०७९ र उपमेयरमा ४१६५ मत बदर भएकाे छ। उपमहानगरको मेयर र उपमेयरमा १० हजार ३ सय २९ मतगणना गर्दा धेरै मत बदर भएकाे हाे।
उपमहानगरमा अहिलेसम्मको गणनामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन्। हमालले अहिलेसम्म ४ हजार ५३८ मत पाएका छन्।
यस्तै, सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४२८, नेकपा एमालेका रणबहादुर चन्दले ११४० मत पाएका छन्। हमाल र वडबीच २११० मतको अन्तर रहेको छ।
यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार १३८, एमालेकी कन्दकला रानाले १ हजार ९३८ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार २५६ मत पाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।