|

धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहेका छन्। शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १० हजार ३२९ गणना भएको छ। जसमा हमालले ४ हजार ५३८ मत पाएका छन्।

सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४२८, नेकपा एमालेका रणबहादुर चन्दले १ हजार १४० मत पाएका छन्। मेयरमा खसेकामध्ये हालसम्म २ हजार ७९ मत बदर भएका छन्।

उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार १३८, एमालेकी कन्दकला रानाले १ हजार ९३८ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार २५६ मत पाएका छन्।

मतगणना शनिबार साढे १२ बजे सुरु भएको थियो। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.