सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मतगणना सुरु भएको छ। बिहान ११ बजेदेखि गणना गर्ने भनिए पनि झण्डै एक घण्टा ढिलागरी गणना शुरु भएको हो।
मतगणना वीरेन्द्रनगरको सिटी हलमा शुरु भएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार वीरेन्द्रनगर वडा नम्बर १ र १६ बाट मतगणना गर्न शुरु गरिएको छ।
गतराति १२ बजेसम्म मतपेटिका संकलन सकिए पनि सर्वदलीय बैठक बस्न नसकेपछि मतगणनामा ढिलाइ भएको थियो। शनिबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि शुरु गर्ने निर्णय गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।