|

म्याग्दी : जिल्लाको रघु गंगा गाउँपालिका वडा नं १ बेगमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार भबबहादुर भण्डारीले १ सय ७४ मत गणना गर्दा ९९ मत प्राप्त प्राप्त गरी अग्रता कायम गरेका हुन्। 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर कार्कीले ७४ मत प्राप्त गरेका छन्। त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट प्रेमकुमारी पुनले ९३ र नेकपा यामकुमारी गर्बुजाले ८५ मत प्राप्त गरेका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार सागर भण्डारी र नेकपा माओवादी केन्द्रका मीना विकले एक मत पनि प्राप्त गरेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.