|

दाङ : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा १२ बजेसम्म २३४ मत खसेको छ।  मतदानमा  प्रदेशसभातर्फ २४ जना महिला र ४३ जना पुरुष गरी ६७ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

प्रदेशसभातर्फ ८१ जना मतदाताहरू रहेका छन्। त्यसैगरी स्थानीय तहतर्फ ७७ जना महिला र ९० जना पुरुष गरी १६७ जना रहेका छन्। स्थानीय तहतर्फ २१५ जना मतदाताहरू रहेका छन्।  बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। प्रदेशमा २९६ मतदाता रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.