|

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ।

आइतबार अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी संक्रमित भएपछि हिजोदेखि एक हप्ताका लागि खोप अभियान स्थगित गरिएको थियो।

अस्पतालका निर्देशक डा.मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताइन्।

उनकाअनुसार बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ। अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.