काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईको तस्वीर भाइरल भएपछि स्पष्टीकरण दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउन पुगेको टोलीमा सहभागी हुँदा सचिव भट्टराईले मास्क नलगाएको तस्वीरको चौतर्फी आलोचना भएपछि उनले ट्वीटरमा प्रष्टीकरण दिएका हुन्।
आलोचनापछि सचिव भट्टराईले लेखेका छन्, ‘आज कोभिड १९ का सम्बन्धमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउने कार्यक्रममा हाम्रो प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेको अनुरोध गर्दछु।’ पत्र वाचनको बेलामा मास्क खोलेपछि पत्र हस्तान्तरण गर्ने बेलामा लगाउन भुलेको उनले उल्लेख गरेका छन्।
‘ध्यानाकर्षण पत्र वाचनका क्रममा मैले मास्क खोलेको थिएँ। तत्क्षण पत्र हस्तान्तरण गर्नुपर्दा मास्क लगाउन भुलेको बारेमा संचारमाध्याममा आएको टिप्पणीको स्वागत गर्दछु। विषय र घटनाको सार र रूप पक्षलाई छुट्याएर बुझ्न सबैमा अनुरोध गर्दछु’ उनले लेखेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।