|

काठमाडौं : उपत्यकामा आज कुल २ हजार २१९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौंमा १ हजार ५९१ जना, ललितपुरमा ४८६ र भक्तपुरमा १४२ मा कोरोना देखिएको छ।

उपत्यकामा शुक्रबारको तुलनामा शनिबार कोरोनाको संक्रमणमा कमी आएको हो। हिजोको तुलनामा आज ४ सय ६ कम देखिएको हो।

हिजो मात्र उपत्यकामा २ हजार ६०७ संक्रमित थपिएका थिए। काठमाडौंमा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ जनामा कोरोना पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.