|

झापा : गौरादहबाट हराएका तीन बालकमध्ये एक जना फेला परेका छन्। दुई जना अझै बेपत्ता रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

गौरादह नगरपालिका-३ बरगाछी टोलका श्रीप्रसाद राजवंशीका छोरा १० वर्षीय आयुष, राहुल पराजुलीका छोरा १२ वर्षीय विशाल र १० वर्षीय विवेक बिहीबार बेलुका करिब ४ बजेदेखि हराएका थिए। उनीहरु घर नजिकैसँगै खेल्न गएका थिए। बिहीबार रातिसम्म घर नफर्किएपछि उनीहरूका अभिभावकले इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराएका थिए।

प्रहरी र गाउँले उनीहरूको खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा आयुश शुक्रबार परिवारको सम्पर्क आएको डिएसपी पाठकले बताए। पराजुली दाजुभाइ छोरा शनिवार बिहानसम्म कसैको सम्पर्क नआएको र उनीहरूको खोजी भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.