|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्। राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको पश्चिम गेट अगाडि रहेको शालिकमा मंगलबार बिहान पूर्व राजा शाहले माल्यार्पण गरेका हुन्।

यसअघि माल्यार्पणका लागि राष्ट्रपति विद्यादेवि भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले‚ राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापालगायतका नेताहरू पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.