काठमाडौं : माघे संक्रान्ति नजिकिँदै गर्दा चाकु बनाउन भ्याइनभ्याई भएको छ। काठमाडौंको उत्तरतर्फ रहेको प्राचीन टोखा नगर चाकु बनाउने थलोका रुपमा प्रसिद्ध छ।
शिवपुरी जंगल जलाधारले सिञ्चित पहाडी प्रकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमि टोखामा प्राचीनकालदेखि नै उखु खेती गरिन्थ्यो। त्यही उखुको रसबाट सक्खर बनाएर चाकुका लागि कच्चा पदार्थ उत्पादन हुन्थ्यो। अहिले उखु खेती नभए पनि बाहिरबाट ल्याएर चाकु बनाउने गरिएको छ।
टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उद्योग रहेका छन्। वर्षको दुई महिना (मंसिर र पुस) मा ३०० देखि ४०० जनाले रोजगारी पाउने र एउटा उद्योगबाट डेढ लाख किलोसम्म चाकु बनाउने र महिनामा ३ देखि ४ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताए।
चाकुले शरीरमा ताप प्रदान गर्ने गर्छ। त्यसैले जाडो याममा चाकु खाने चलन छ। सुत्केरीलाई पनि चाकु खुवाउने गरिन्छ। सामान्य चाकु प्रतिकिलो १०० देखि १४० रूपैयाँसम्म, खुवा चाकु‚ सुत्केरी चाकु र स्पेसल चाकु प्रतिकिलो १८० रूपैयाँसम्म पर्ने श्रेष्ठले जानकारी दिए।
चाकु निर्माण भइरहेको उद्योगमा पुगेर थाहाखबरका फोटो पत्रकार शिला तिम्सिनाले कैद गरेका तस्वीर :
तपाईंको ईमेल गोप्य राखिनेछ ।