काठमाडौं : चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत पठनपाठन शुल्क तोकेको र छात्रावास ऐच्छिक बनाएको भन्दै काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजका विद्यार्थी एप्रोनसहित र्यालीमा उत्रिएका छन्।
पठनपाठनका लागि तोकिएको शुल्क ऐनविपरीत शुल्क लिइएको भन्दै विद्यार्थीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्याली निकालेका हुन्।
विद्यार्थीले र्यालीमा लुटतन्त्र बन्द गर, विद्यार्थीको भविष्य सुनिश्चित गर, अतिरिक्त शुल्क खारेज गर् आदि जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
आयोगले एमबिबिएस अध्यापनका लागि केएमसीलाई ४० लाख किस्ताबन्दीमा लिने गरी शुल्क तोकेको छ। केएमसीले पनि होस्टल ऐच्छिक तथा अतिरिक्त शुल्क भन्दै बढी रकम लिएको विद्यार्थीहरूको आरोप छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।