|

बैतडी : नेकपा माओवादी केन्द्रले  बैतडीका नौ पालिकामा अधिवेशन सम्पन्न गरेको छ। मंसिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्‍तर्गत हालसम्म जिल्लाको नौ पालिकामा अधिवेशन सम्पन्न गरेको हो। 

माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार मेलौली, दशरथचन्द, पाटन, पुर्चौडी नगरपालिका, शिवनाथ, सुर्नया, डिलाशैनी, दोगडाकेदार र सिगास गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ। 

माओवादी केन्द्र मेलौली नगरपालिकामा भीमबहादुर चन्दको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ। सुर्नयाको अध्यक्षमा रामबहादुर विष्टसहित ५५ सदस्यीय, शिवनाथमा गोरखा साउदको अध्यक्षतामा ५९ सदस्यीय, डिलाशैनी गाउँपालिकामा  सूर्य नाथको अध्यक्षतामा ५५ सदस्यीय दशरथचन्द नगरपालिकाको नगरकमिटी अध्यक्षमा गोपाल बोहरासहित ६५ सदस्यीय नगरकमिटी चयन गरिएको छ।  

यस्तै, पाटन नगरकमिटीको अध्यक्षमा तर्क ठगुन्नाको अध्यक्षतामा ६५ सदस्यीय, पुर्चौडी नगरपालिकामा आनन्द सिंह धामीको अध्यक्षतामा ६५ सदस्यीय, दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय, सिगास गाउँपालिकामा प्रकाश साउदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ।

बाँकी  रहेका पञ्चेश्वर गाउँपालिकामा आज पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र बैतडीले जनाएको छ।

तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि माओवादीले पहिलोपटक विधिवतरूपमा कमिटी बनाइरहेको  हो।  राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ।

माओवादी केन्द्रले २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ। प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा उक्त पार्टीले राष्ट्रिय सम्मेलन गर्दैछ।

स्थानीय तहका सम्मेलनबाट माओवादीको एजेण्डामा नागरिकको समर्थन कायमै रहेको  र  माओवादीकै एजेण्डाअनुसार अहिले देश चलिरहेकाले माओवादीको एजेण्डा सफल भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु चन्दले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.