|

काठमाडौं : नेपालमा गत २४ घण्टामा २ सय ११ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ८ हजार १८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९७ र १ हजार ४ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो। 

यो अवधिमा २ जनाको मृत्यु भएको छ भने ३ सय २९ जना संक्रमणमुक्त भएका छन्। 

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५ रहेको छ। जसमध्ये ५ हजार ८ सय ३३ जना होम आइसोलेसन र २ सय ७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.