|

काठमाडौं :  पूर्वमन्त्री तथा नेपाली कांग्रेस बर्दियाका निवर्तमान जिल्ला सभापति सञ्जयकुमार गौतमले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

गौतमले महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

पार्टीमा सक्षम नेतृत्व, विधि र प्रक्रियाबाट पार्टी सञ्चालनका एजेन्डासहित उम्मेदवार बन्ने घोषणा गरेका छन्। ‘पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको छु' उनले भने, 'मैले पार्टीमा नेतृत्व परिवर्तन र पार्टीलाई विधि र प्रक्रियाबाट सञ्चालनका एजेन्डासहित उम्मेदवारी घोषणा गरेका हुँ।'

कांग्रेसभित्र कोइराला र सिंह परिवारसँग नजिक भनेर चिनिएका गौतम संस्थापनइतर समूहका नेता हुन्। उनी प्रतिनिधिसभाका निर्वाचित सांसद्समेत हुन्। बर्दियामा संघीय निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई चुनाव हराएर निर्वाचित भएका थिए।

कांग्रेसको १४ औँ महाधिवेशन २४ मंसिरदेखि २७ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.