पार्टी प्रवेश गर्नेहरुको अध्ययन गर्न कार्यदल गठन, महिला विभागको जिम्मेवारी भुसाललाई

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा पदाधिकारीको संख्या थपेको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि ७ जना रहेको पदाधिकारी संख्या बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो । 

अध्यक्ष एक, उपाध्यक्ष ३, सचिव एक, सहसचिव ३ र कोषाध्यक्ष एक गरी ९ जना पदाधिकारी रहने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 
प्रदेशको समितिमा न्यूनतम १ सय ७५ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ। त्यो संख्या पनि सबै प्रदेशमा नाघ्ने भएको छ।

प्रवक्ता महराका अनुसार अब प्रदेश एकमा २ सय ५९, २ नम्बर प्रदेशमा २ सय ७१, बागमतीमा २ सय ७५, गण्डकीमा २ सय २९, लुम्बिनीमा २ सय ५३, कर्णालीमा २ सय ११ र सुदूरपश्चिममा २ सय २३ सदस्यीय समिति गठन हुनेछ। 

सबै प्रदेशमा मंसिर २५ गते शनिबार एकैपटक सम्मेलन हुँदैछ। सम्मेलनले प्रदेश समिति गठन गर्नेछ । 

केन्द्रीय सदस्य स्वेच्छाले प्रदेशमा गए जान दिने तर बल नगर्ने निर्णय बैठकले गरेको छ। बैठकले पार्टी प्रवेश गर्नेहरुको विषयमा विशेष अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।

कार्यदलमा देव गुरुङ गिरिराजमणि पोख्रेल र श्रीराम ढकाल रहेका प्रवक्ता महराले बताए। बैठकले पम्फा भुसालको संयोजकत्वमा महिला विभाग बनाउने निर्णय गरेको छ। विभागमा सदस्यहरु पछि थपिने प्रवक्ता महराले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.