|

काठमाडौं : अर्थ मन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोेगमा अख्तियारले बिहीवार मुद्दा दायर गरेको हो।

अख्तियारले थपलियाविरुद्ध एक करोड ६४ लाख ८९ हजार ७०० सय रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

२०४० माघ ६ गतेदेखि सार्वजनिक सेवा प्रवेश गरेका थपलियाले २०७५ फागुन ३० गते अवकाश पाउनुअघिसम्म २ करोड ६७ लाख ७१ हजार ९५८ रुपैयाँ आम्दानी गरेका थिए।

जसमा उनको वैध आय एक करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँ मात्र हुने अख्तियारको दबी छ। त्यसमध्ये एक करोड ६४ लाख ८९ हजार ७०० रुपैयाँ भ्रष्टाचार मार्फत आर्जन गरेको भन्दै अख्तियारले उक्त रकम जफत र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गरेको छ।

थपलियाले अवैध आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्त थपलियाको नाममा घरजग्गा तथा बैंक खाताहरूमा रकम मौज्दात गरेको अख्तियारको भनाइ छ। अख्तियारले उनको श्रीमतीलाई समेत प्रतिवादी बनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.