|

बर्दिया/काठमाडौं : बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार गर्न छिरेका ४ जना सिकारी प्रकाउ परेका छन्। सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जको कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले मंसिर २१ गते प्रकाउ गरेको हो।  

पक्राउ पर्नेहरूमा बर्दिया भेरीगंगा नगरपालिका-५, हात्तीखाल बस्ने ३७ वर्षीय लक्ष्मण गिरी, ६२ वर्षीय भद्र बहादुर वली, ५६ वर्षीय ठगबहादुर थापा र २२ वर्षीय ललित घर्ती छन्।

उनीहरूको साथबाट तीन नाल भरुवा बन्दुक, ४१ थान गोली,  सय ग्राम छर्रा, तीन सय ग्राम बारुद, चारवटा हँसिया,  साइकलको ३७ थान छर्रा, एउटा रेती र पाँचवटा सलाई बरामद गरिएको छ। पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय, बर्दियामा बुझाइएको  नेपाली सेनाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.