|

काठमाडौं : महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरू लिनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले आजका लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठक केहीबेर अघि सुरु भएको हो। यस्तै बैठकमा खुलातर्फ दुईजना सहमहामन्त्री थप्ने तयारी रहेको बताइएको छ। 

सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको कांग्रेस स्रोतको भनाइ छ। तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने यतिबेला सहमहामन्त्री थप्ने पक्षमा छैनन्।

आजको बैठकमा त्यो प्रस्ताव ल्याउने सम्भावना छ। कांग्रेसमा अहिले एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट हुने व्यवस्था छ। अब खुलाबाट थप दुई जना सहमहामन्त्री थप्ने तयारी छ।

कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। बिहीबारको बैठक वर्तमान कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक हुनेछ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.