|
तस्वीर सौजन्य : बिसिसिआईको ट्विटर

भारतको क्रिकेट नियामक संस्था बिसिसिआई (बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया) ले एकदिवसीय क्रिकेट टिमको कप्तानमा रोहित शर्मालाई नियुक्त गरेको छ।

बिसिसिआईले सामाजिक सञ्जाल ट्विटरमा शर्मालाई टी-२० सँगै एकदिवसीय टिमको कप्तान नियुक्त गरेको आज जनाएको छ।

बिसिसिआईले टेस्ट क्रिकेटको कप्तानमा भने विराट कोहलीलाई यथावत् नै राखेको पनि उल्लेख गरेको छ।

साथै उसले दक्षिण अफ्रिका भ्रमणका लागि १८ सदस्यीय भारतीय टिमको घोषणा पनि गरेको छ।

बिसिसिआईले दक्षिण अफ्रिकाविरुद्ध हुने ३ टेस्टका लागि घोषणा गरेको टिममा शर्मालाई उपकप्तान बनाएको छ। दक्षिण अफ्रिकाविरुद्ध भारतले पुस ११ गते पहिलो टेस्ट खेल्नेछ।

कोहलीले यसअघि विश्वकपमा भारत लज्जास्पद तवरमा पहिलो चरणबाटै बाहिरिएपछि  टी-२० को कप्तानी छाडेको घोषणा गरेका थिए।

दक्षिण अफ्रिकाविरुद्ध खेल्ने एक दिवसीय टिमको भने घोषणा गरिएको छैन ।

दक्षिण अफ्रिकी भ्रमणका लागि भारतीय टोलीमा समावेश खेलाडीहरूको सूचीः

विराट कोहली (कप्तान)​, रोहित शर्मा (उपकप्तान), केएल राहुल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, श्रेयस अय्यर, हनुमा विहारी, रिषभ पन्त (विकेटकिपर), ऋद्धिमन शाहा (विकेटकिपर), रविचन्द्रन अश्विन, जयन्त यादव, इशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव, जसप्रित बुमरा, शार्दुल ठाकुर र मोहम्मद सिराज।

अतिरिक्त खेलाडीः नवदीप सैनी, सौरभ कुमार, दीपक चहार र आर्जन नागवासवाला।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.