|

अष्ट्रेलिया : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगको जारी सिजनमा व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गरे पनि टीम भने पराजित भएको छ।

होबार्ट हरिकेन्सबाट बिग ब्यास खेलेका सन्दीपले पहिलो खेलमै सिड्नी सिक्सर्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै कसिलो बलिङ गरे तर टीम भने १४ रनले पराजित भयो।

सन्दीपले आफ्नो पहिलो खेलमा ४ ओभरमा २४ रन खर्चेर एक विकेट लिए। टस हारेर पहिला ब्याटिङ गरेको सिड्नीले हरिकेन्सलाई १४५ रनको लक्ष्य दिएको थियो।

जवाफी इनिङ गरेको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनमात्रै जोड्न सक्यो। सिड्नीको जितमा कप्तान मोइसेस हेनरिक्सको ७३ रन नै जितको आधार बन्यो।

जवाफमा होबार्टको लागि पेटर हेन्डकम्बले ४७ रन बनाउनु सर्वाधिक रह्यो। पछिल्लो क्रम भने लगातार विकेट पतनको सिकार भएको थियो। सिड्नीका लागि टम कुरानले ३ विकेट लिँदा हेइडेन केरले २ विकेट लिए।

त्यसअघि होबार्टले सन्दीपलाई सातौं ओभरमा बलिङमा ल्याएको थियो। सन्दीपले पहिलो ओभरमा तीन रन खर्चिदै उत्कृष्ट सुरुवात गरे।

त्यस्तै सन्दीपले नवौं ओभरमा तीन रन खर्चेर एक विकेट लिए। नवौं ओभरको पहिलो बलमा छक्का प्रहारको चक्करमा क्रिष्टियन लङअनमा जोर्डन कक्सबाट पाँच रनको अवस्थामा क्याच आउट भए।

सन्दीपले ११ औं ओभरमा ७ रन खर्चिए। त्यसपछि १३ औं ओभरमा सन्दीपले दुई चौकासहित ११ रन खर्चिए। उनको यो ओभर तुलनात्मक रूपमा महँगो सावित भयो। समग्रमा सन्दीपले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.