|

काठमाडौं : शहीद स्मारक ए डिभिजन फुटबल लिडमा विभागीय टिम नेपाल पुलिस र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

बराबरीसँगै पुलिसले शीर्ष स्थानका सातदोबाटोसँग अंक बराबरी गर्न मौका चुकायो।

दशरथ रंगशालामा भएको खेलमा हिमालय शेर्पाले पहिलो मिनेटमै पाएको अग्रता जोगाउन सकेन।शेर्पाका कप्तान विश्वास श्रेष्ठले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाए। उनले डिबक्स बाहिरबाट गरेको प्रहार पुलिसका गोलरक्षक सत्रुघन चौधरीले बचाउन असफल भए।

शेर्पाले अग्रता लिएपछि खेलमा फर्कन पुलिसले लगातार प्रयास गरेको थियो। २४औँ भरत शाहले पेनाल्टी बक्समा पाएको सुन्दर अवसरलाई खेर फाल्दा गोल हुन सकेन।

खेलमा पुलिसले ६०औँ मिनेटमा बराबरी गोल फर्कायो। पुलिसका लागि रवि पासवानको पासमा सुमन लामाले उत्कृष्ट गोल गरे।

त्यसपछि पनि पुलिसले गोलका केही राम्रा मौका चुकायो। ७६औँ मिनेटमा शेर्पाका सुरेस कुमालको प्रहारलाई पुलिसका गोलरक्षकले जोगाउँदा पहिलो जितबाट शेर्पा विमुख बन्यो।

बराबरीपछि पुलिस तीन खेलबाट पाँच अंक बनाउँदै पाँचौँ स्थानमा उक्लिएको छ। जितविहीन रहेको शेर्पाको दुई मात्र भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.