|

मकवानपुर : कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौंडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ। हेटौं‌डा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनी मिर्गाैला र मधुमेह रोगबाट समेत पीडित थिइन्। उनलाई कारोना  सङ्क्रमण हुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.