|

बैतडी : सोमबार साँझ जिप दुर्घटना हुँदा बैतडीमा आठ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी।

पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकारमा करिब ६ बजेतिर दुर्घटनामा परेको हो।

घाइतेलाई उद्धार गरी  पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिन लागिएको प्रहरीले जनाएको छ। चालक भने फरार छन्। घटनाको कारण खुल्न सकेको छैन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.