|

बालबालिकाहरू गिलो माटो जस्ता हुन्, हामी जस्तो आकार दिन्छौँ त्यस्तै बन्छन्। सन् १९५४ देखि संयुक्त राष्ट्र संघले नोभेम्बर २० लाई अन्तर्राष्ट्रिय बालदिवसको रूपमा पारित गरी मनाउन सुरु गरिएको हो।

बालबालिकामाथिको कल्याणकारी व्यवहारलाई विकास गर्नु नै यो दिवसको मुख्य उद्देश्य हो। नेपालको कानुनले तोकेको र बालबालिका संरक्षण ऐन २०४८ अनुसार उमेरले १६ वर्ष पूरा नगरेका नानीहरू बालबालिकाअन्तर्गत पर्दछन्।

सामान्य रूपमा हेर्दा सबै अभिभावकले आफ्ना सन्तानलाई यथेष्ट पालनपोषण, शिक्षा, स्वास्थ्य र उनीहरूको रूचिको बारेमा ख्याल गर्दै हुर्काएको जस्तो लाग्छ। तर, सतप्रतिशत बालबालिकाले यो अवसर पाएका भने हुँदैनन्। यसका विविध कारण हुन सक्छन्, उनीहरूको जन्म, घर, अभिभावकको आर्थिक, सामाजिक, मनोवैज्ञानिक अवस्था, संस्कार, परम्परागत धारणा र बालिकाको हकमा छोरी भएर जन्मिनुको कारण समाजमा पाउने विभेद आदि। 

उनीहरूले असल संस्कार सिकून् र आफू सुखी र खुसी अनि अरूलाई प्रेम र आदर दिएर जीवनशैली बिताउने कला सिकून्। तर, अभिभावकविहीन बालबालिका र उनीहरूको संरक्षणको जिम्मेवारी, शिक्षामा पहुँच र बालबालिकाका लागि आवश्यक पोषण, स्वास्थ्य, मनोरञ्जन, निगरानी, सिकाइलगायत पक्षबाट हेर्दा अझै पनि धेरै तरिकाले पिछडिएका बालबालिका संख्या प्रशस्तै छ हाम्रो समाजमा र राष्ट्रमा।

भविष्यको लगानी बालबालिकामाथिको लगानी

यस वर्षको श्लोगन नै हाम्रो भविष्यको लगानी बालबालिकामाथिको लगानी भनेर तय गरिएको छ। यसको आशय नै अभिभावकले भविष्यको लागि कुन चिजमा लगानी गर्दै छन् भने त्यो बालबालिकाको सचेतना प्रवर्द्धन गर्न, एकता र बाल कल्याण सुधार गर्नमा प्रयोग होस् भन्ने हो।

बालबालिका स्वभावतः नयाँ नयाँ कुरा सिक्न चाहन्छन् तर हाम्रो परम्परा र अभ्यास भने आफू जे बन्न सकिएन त्यो आफ्ना सन्तानले बनेर देखाउन् भन्ने अपेक्षा रहेको हुन्छ।

अर्कोतिर, आफूले भौतिक सम्पन्नता र सम्मान आर्जन गरेको क्षेत्रमा नै आफ्ना सन्तानले निरन्तरता दिए आफ्नोसमेत इज्जत रहने र उनीहरू पनि भौतिक सफलताबाट बन्चित नहुने आशय रहेको देखिन्छ। वैश्विक रूपमा बालबालिका हुर्काउने र उनीहरूलाई सिकाउने शैली र विषयगत भिन्नता अवश्य छन् तर सबै सिकाइ र उनीहरूप्रतिको देखभालको उद्देश्य हो।

उनीहरूले असल संस्कार सिकून् र आफू सुखी र खुसी अनि अरूलाई प्रेम र आदर दिएर जीवनशैली बिताउने कला सिकून्। तर, अभिभावकविहीन बालबालिका र उनीहरूको संरक्षणको जिम्मेवारी, शिक्षामा पहुँच र बालबालिकाका लागि आवश्यक पोषण, स्वास्थ्य, मनोरञ्जन, निगरानी, सिकाइलगायत पक्षबाट हेर्दा अझै पनि धेरै तरिकाले पिछडिएका बालबालिका संख्या प्रशस्तै छ हाम्रो समाजमा र राष्ट्रमा।

विविध कारणले आमाको गर्भमै रहँदा यथेष्ट पोषण र सुरक्षा नपाई जन्मेका बालबालिकाको शारीरिक सुबलतामा कमी लगायतका पक्ष पनि महत्वपूर्ण तरिकाले हेर्नुपर्ने हुन्छ। बालबालिकाप्रति लगानी भन्नाले यिनै आधारभूत शिक्षा, स्वास्थ्य, चेतना जागरण, सही संस्कार दिएर आफ्नो स्वतन्त्रतामा स्वच्छ, निर्मल र खुसीको जीवन बिताउन पाउने अवसर जुराइदिनु हो।

आफ्ना अभिभावक नभएका बालबालिकाको हकमा राज्य या बाल संरक्षणको निम्ति खुलेका संघसंस्था, सरोकारवालाले कसरी यसलाई अपनत्वको रूपमा लिने र बालबालिका राष्ट्रका कर्णधार हुन् यिनलाई सम्मानसाथ हुर्काउनुपर्छ भन्ने मानसिकता जागृत हुनु अति जरूरी छ।

व्यवहारिक ज्ञान, सीपसहितको असल संस्कार विकास गर्ने शिक्षा, बाल मनोविज्ञानलाई सकारात्मक ऊर्जा प्रष्फुटन गर्न सघाउ पुग्ने सिकाइसहितको प्रयोगात्मक शिक्षा,विश्व बजारमा दक्ष र दक्खल राख्न सक्ने प्रतिभाको विकास गराउनमा गरिने लगानी नै वास्तविक लगानी हुने भएकाले त्यसमा ध्यान दिइनु महत्त्वपूर्ण पक्ष हो।

सबल सक्षम परिवारमा यस्ता अभ्यास सहज होलान् तर सबै बालबालिकाको हकमा यो अवसर प्राप्त नहुन सक्छ। त्यसैले राज्य एवं सरोकारवाला संघ संस्थाले आफ्नो संस्थाको उद्देश्य प्राप्त गर्न मात्र नभई वास्तवमै बालबालिकाको सुन्दर भविष्यको लागि योगदान पुग्ने कार्यहरू र केन्द्रविन्दुमा बालबालिकाको रूचि, क्षमता, दक्षता र हौसला बढाउने कार्य मार्फत शसक्त बनाउनु आजको आवश्यकता हो।

बाल मनोविज्ञानमा ध्यान

उमेरको कारण बालबालिकाको स्वभाव जिज्ञासु, चञ्चले र नयाँ नयाँ कार्यप्रतिको खोज अनि सबैबाट प्रेमको अपेक्षा गर्नु स्वाभाविक हो। घरमा अभिभावक, विद्यालयमा शिक्षक र सामाजिक क्षेत्रमा सामाजिक अभियन्ताले बालापनका यि स्वभावलाई बुझेर प्रेम र सुरक्षा दिँदै उनीहरूको मनोवल उच्च हुने क्रियाकलापलाई अभ्यासमा ल्याइनु आवश्यक छ।

धेरैजसो अभिभावकले आफू परम्परागत संस्कार, अभाव र दबावमा हुर्केकोले त्यही व्यवहार आफ्ना सन्तानमाथि देखाउने गरेको पाइन्छ। समय, परिस्थिति, पहुँच र सहजताका कारण अहिलेका बालबालिकाले परम्परागत अभ्यासलाई नकार्न सक्छन्।

यद्यपि, त्यसलाई परिमार्जित गरी, आफ्नो शील, संस्कार, आदर र सकारात्मक जीवनशैली खल्बलिन नदिने किसिमको व्यवहार सिकाउन जरुरी छ।

हामीले बालबालिकाबाट जे जस्तो व्यवहार, बोलीवचन, कर्म र भविष्यको कल्पना या अपेक्षा गरेका छौं, त्यसको शुरुवात आफूबाट गरेर देखाउनु जरूरी हुन्छ। जुन काम अभिभावक स्वयंले गरिरहेका छन् तर आफ्ना सन्तानले नगरून् भन्ने चाहन्छन् भने त्यो सम्भव नहोला।

राष्ट्र विकास र सामाजिक उत्थानका अनेक राजनीतिक बहस भइरहँदा आधारभूत आवश्यकताबाट बन्चित बालबालिकाका अवस्था, बालविवाह र परम्परागत हानिकारक अभ्यासबाट पीडित, हत्या, हिंसा र बलात्कारमा परेका बालबालिकाको मुद्‍दा कसले सम्बोधन गर्ने?

र जति पनि अन्यायका उजुरी परेका छन् बालबालिकाका ती सबै सुनुवाइ भएका छन् कि छैनन् कसले हेर्ने? समाज सुधारमा खटिएका सामाजिक अभियन्ता, धार्मिक एवं आध्यात्मिक संस्थाका नेतृत्व वर्ग, प्रहरी, प्रशासन सबैको ध्यान बालबालिकाको हित, कल्याण र सर्वोपरी विकासमा खलल पार्ने तत्वहरूलाई परास्त गर्नेतर्फ हुनुपर्दछ।

एकजना बालकको मनोविज्ञानमा नकारात्मक असर पर्नु भनेको अभिभावक, घर, परिवार, समाज र राष्ट्रलाई नै असर पर्ने विषय हो। एउटा बच्चा शारीरिक, मानसिक र सामाजिक तवरले स्वस्थ र उर्जावान रहन सबैको उत्तिकै भूमिका रहेको हुन्छ। 

कतिपय अवस्थामा सजायको डर देखाएर उसमा भएको प्रतिभालाई डरमा परिणत गर्न पुग्छन् अभिभावकहरू। कतिपय अवस्थामा अरूका बच्चासँग तुलना गरेर हीनभावमा पुर्‍याइदिन्छौं। प्रत्येक बालक आफैँमा अद्वितीय क्षमता र परिचय लिएर आएका हुन्छन्। कोही कोही जस्तो बन्नु जरुरी छैन।

उसको सम्पूर्ण विधामा ध्यान दिन सकियो भने मात्र साथीभाईसँग पनि प्रतिष्पर्धामा होइन एकआपसको भाइचारा र इमानदारीमा जीवन बाँच्ने कला सिक्न सक्दछ। उमेर पुगेपछि विध्वंसात्मक र अराजक कार्य गर्न बाध्य हुने व्यक्तिको पृष्ठभूमि हेर्यौं भने थाहा लाग्छ।

बाल्यकालमा उसको मनोविज्ञान अनुसारको हुर्काइ र उसको कुरा बुट्टने व्यक्तिको साथ र संस्कार पाएन। त्यसैले, बालमनोविज्ञानलाई सामान्य ढंगले लिइनु गलत अभ्यास हो।

बाल कल्याणका अभ्यास

बालबालिकाका आधारभूत आवश्यकता खानपान, उचित पोषण, स्वास्थ्य, शिक्षा र असल संस्कार सहितको व्यवहारिक सिकाई दिन सक्नु बाल कल्याणका कार्यअन्तर्गत पर्दछन्। वास्तवमा भन्ने हो भने एउटा बालकको समग्र विकासका लागि उसको रुचि र क्षमताअनुसारको शिक्षा र सीप आवश्यक रहन्छ।

हाम्रो शिक्षा प्रणालीले विषयगत ज्ञान अवश्य दिन्छ, तर त्यो सँगै भक्तिभाव र मातृत्व प्रेम झल्किन सक्यो भने भविष्यमा ऊ कुलतमा लाग्नै सक्दैन जसको कारण महिला माथिको दुर्व्यवहार र हिंसात्मक व्यवहार न्यून हुँदै जान्छन्। हामी बालबालिकालाई अरूसँग प्रतिस्पर्धा गरेर ठूलो मान्छे बन्ने संस्कार दिन्छौं।  यसका बाबजुद सबै सामु असल र प्रेमल व्यवहार गर्न सक्ने कसरी बन्ने त्यो शील र आचरण सिकाउदैनौँ।

एक अर्काप्रति ईर्ष्या, द्वेष, झगडा सबै प्रतिष्पर्धाका परिणाम त हुन्। मित्रता, प्रेम र सद्भावको संस्कार घरबाट सिकून् नानीहरूले यो सोच हरेक अभिभावकमा हुनुपर्दछ। उनीहरूलाई उत्प्रेरणा मिल्ने काम र व्यवहार सिकाऊँ निरुत्साहित पार्ने होइन।

कसैले गल्ती गर्‍यो अन्याय गर्‍यो त्यसको बदला लिन सिकायौँ अनि गल्ती र अन्यायमै सहभागी बन्यो। क्षमाशील र आत्म अनुशासनका कला सिकाउन सकेनौँ भने फेरि अराजकताकै मार्गमा प्रेरित हुन्छन् बालबालिका।

कतिपय अवस्थामा सजायको डर देखाएर उसमा भएको प्रतिभालाई डरमा परिणत गर्न पुग्छन् अभिभावकहरू। कतिपय अवस्थामा अरूका बच्चासँग तुलना गरेर हीनभावमा पुर्‍याइदिन्छौं। प्रत्येक बालक आफैँमा अद्वितीय क्षमता र परिचय लिएर आएका हुन्छन्। कोही कोही जस्तो बन्नु जरुरी छैन।

ऊ आफ्नै स्वभाव र क्षमतामा बाँच्न सके पुग्छ। सिकाईसँगै प्रेम अनि स्वतन्त्रतासँगै  निगरानी र आफ्नो पनको महसुससहित मित्रवत सम्बन्ध कायम गर्न सक्यौं भने अभिभावक र सन्तान सधैं मित्र जस्ता नै हुन्छन्।

छोरा र छोरीको बीचमा समान व्यवहार र सोच अनि आफ्ना सन्तान भएकोमै गर्वको महसुस गर्ने अभिभावकको व्यवहारले नै बालबालिकालाई सही संस्कार मिल्छ। आफ्नो घर र परिवारमा जे छ त्यसको महत्व सिकाउने, आफूसँग भएका स्रोत साधनको सदुपयोग र आफ्नो सरकारप्रतिको प्रेम भाव र एकआपसको सहयोगबाट परिवर्तनको मार्ग अघि बढ्छ त्यसैले भनिन्छ- परिवर्तनको शुरुवात घरबाट नै हुनुपर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.