|

काठमाडौं : सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीशविरुद्ध आज पनि प्रदर्शन गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्चमा विरोध प्रदर्शन गरेका हुन्।

प्रधानन्यायाधीश राणालाई अदालत प्रवेश गर्न नदिने भन्दै मूल गेटमै अवरोध गरिएको थियो। तर, प्रधानन्याधीश राणा विशेष सुरक्षाबीच अदालतको एक नम्बर गेटबाट अदालत प्रवेश गरेका थिए।

अदालतमा विभिन्न मुद्दाका पेसी तोकिए पनि न्यायाधीशहरूले समेत बेञ्‍च बहिष्कार गर्दै आएका छन्। बेञ्‍च नबसेपछि सर्वसाधारणहरू आफ्नो मुद्दाको फैसला कहिले होला भनेर न्यायको पर्खाइमा बसेका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग्दै  नेपाल बार एसोसिएसन करिब १५ दिनदेखि आन्दोलनरत छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.