|

हेटौँडा : तीन बजेका लागि बोलाइएको बागमती प्रदेशको बैठक एक घण्टा अबेर भइसक्दासमेत सुरु हुन सकेको छैन। आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने कार्यसूची छ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अबस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।

यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन्। 

राप्रपाबाहेक अन्य दल सबै दलका सांसदहरू आइसकेको बताइएको छ। संसदबाहिर मुख्यमन्त्री मत माग्दै  फोटो खिचाउँदै गरेका छन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.