|

काठमाडौं : भाइटीकाको दिन मात्र खोल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू बिहानैदेखि गई पूजा, दर्शन गरी टीका लगाइरहेका छन्।

आज भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भनिए पनि आज दिनभर नै भाइटीका लगाउन सकिनेछ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले बताए।

​६ वर्षअघिको भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि गत वर्षसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो।

आजको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन्। गत वर्ष नेवार समुदायले किजापूजाका रुपमा मनाउने भाइटीका तिथि घटबढका कारण भोलिपल्ट परेको थियो। यस वर्ष भने एकैदिन परेको पंचाग निर्णयक समितिले जनाएको छ।  

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.