|

काठमाडौं :  भारतबाट धेरै परिमाणमा फुल आए पछि नेपाली ब्यबसायी मारमा परेको गुनासो गरेका छन्। काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फूलको व्‍यापारमा अधिकांश भारतीय फूल देखिएको छ।

भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान व्‍यापारीले गुनासो गरेका छन्।

काठमाडौँमा लक्ष्मी पूजा र गोबर्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरुको बिक्री धेरै हुने गर्छ। 

यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । तर बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भएपछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ।

कोरना संक्रमणको जोखिम कम भएको र मानिसहरुले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा माग बढ्ने अनुमान गरिएको थियो।

गत वर्षको तुलनामा ५ लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ। नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको बिभिन्न अध्ययनले देखाएको छ।

केही तस्वीर झलक :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.