|

उदयपुर : कटारी नगरपालिका-६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजासहित एक युवक पक्राउ परेका छन्।

कटारी-९ सोरुमछबिसेका २० वर्षीय प्रेम परियारलाई सोमबार बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

उनलाई जंगलमा बोरामा गाँजा बोकेर हिँडिरहेको अवस्थामा फेला परेको थियो। पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.