|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको पावन अवसरमा टीका ग्रहण गरेकी छन्। भण्डारीले शीतल निवासमा शुभसाइतमा दशैंको टीका लगाएकी हुन्।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमा मिथिला पाण्डेबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन्। त्यसैगरी शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन्। 

सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए। राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन्। 

योपटक महामारीको जोमिखलाई मद्देनजर गर्दै राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छैन। कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यो वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको टीकाको शुभसाइत शुक्रबार बिहान १०ः०२ बजे रहेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.