|
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मा फ्याफुल्ला युवा क्लबको भवन उद्घाटनपछि उपस्थितलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटा।

सिन्धुपाल्चोक : सभामुख अग्निप्रसाद सापकोटाले नेपाल आमाको सेवा गर्न अरु सबै कुरालाई गौण बनाएर देशको व्यवस्था, संविधान र प्रतिनिधिसभाको रक्षाका लागि सबैभन्दा बढि समय दिएको बताएको छ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मा आज फ्याफुल्ला युवा क्लबको नवनिर्मित भवन उद्घाटनपछि सम्बोधन गर्दै उनले आफ्नो बुद्धि, विवेक, योग्यता र क्षमताले भ्याएसम्म २४ सै घण्टा जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।

आफूले आम नागरिकको इज्जत र प्रतिष्ठामा आँच आउने कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने, ‘म जनताको शिर झुक्ने कुरा कहिल्यै गर्ने छैन, देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता गर्ने छैन, मातृभूमिका खातिर जीवनको अन्तिम घडीसम्म कसैसँग झुक्ने छैन।’

भारतीय देशभक्त भगत सिंहको स्मरण गर्दै उनले देशभक्तिभन्दा ठूलो केही नहुने स्पष्ट गरे। सभामुख सापकोटाले भने, ‘नेपाल आमाभन्दा ठूलो यो दुनियाँमा हाम्रा लागि केही पनि छैन।’

उनले दुई वर्षयता राष्ट्रले बेहोरिरहेको कोभिड–१९, राजनीतिक र प्राकृतिक प्रकोपको संकट पार हुँदै गएको बताए। उनले अब समृद्धीको यात्रामा लाग्नुपर्नेमा जोड दिए।

युवाको उर्जा र उत्साहलाई देश विकासमा लगाउनु पर्ने उनको भनाई थियो। सभामुख सापकोटाले अहिले नेपाल परिवर्तनको प्रक्रियामा रहेकोले देशका विकृति, विसंगति, भ्रष्टाचार सबै निमिट्यान्न हुने र नयाँ समाज निर्माण हुने विश्वास व्यक्त गरे।

सभामुख सापकोटाको स्थानीय विकास पूर्वाधार कार्यक्रमबाट २० लाख, प्रदेश सरकारबाट ३० लाख र बलेफी गाउँपालिकाबाट ५ लाख गरी ५५ लाख रूपैयाँको लगानीमा फ्याफुल्ला क्लबको सुविधानसम्पन्न दुईतले भवन र खेल मैदान निर्माण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.