|

काठमाडौं : नेपाल साफ च्याम्पियनसिप फुटबलको पहिलोपटक फाइनलमा पुगेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई ज्ञापन गरेकी छन्।

बुधबार माल्‍दिभ्‍समा भएको खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल इतिहासमै पहिलोपटक फाइनलमा पुगेपछि राष्ट्रपति भण्डारीले सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गरेकी हुन्।

‘साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथम पटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई फाइनल प्रतिस्पर्धामा समेत सफलताको लागि अग्रिम शुभकामना दिन चाहन्छु। भण्डारीले सामाजिक संजालमा लेखेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.