|

काठमाडौं : आज अक्टोबर महिनाको दोस्रो बिहीवार, विश्व दृष्टि दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।

नेपालमा भने दशैं पर्व परेकाले सरोकारवाला निकायले औपचारिक कार्यक्रमको आयोजना गरेका छैनन्। विश्वमा झण्डै ३ करोड ६० हजार मानिस दृष्टिविहीन छन् भने झण्डै २ अर्ब ४६ करोड मानिस कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट ग्रस्त छन्।

विश्वमा विपन्न र न्यून आयस्रोत भएका परिवारमा दृष्टिविहीनको संख्या धेरै पाइएको छ ।

कुल दृष्टिविहीनहरुमध्ये झण्डै ९० प्रतिशत विकासशील तथा अल्पविकसित देशमा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। सङ्गठनका अनुसार ८० प्रतिशत दृष्टिदोष उपचार गरेर निको पार्न सकिन्छ।

तर, उपचारको सहज पहुँच नहुँदा र आर्थिक समस्याका कारण गरिब तथा विपन्न परिवारका सदस्यले दृष्टि गुमाउनु परेको छ।

नेपालमा मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगको कारण हुने अन्धोपन, जलबिन्दु, रेटिनासम्बन्धी समस्या बढ्दै गएको चिकित्सकले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.