|

कुरो हो उही मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को। एमसिसी भनेको के हो र के चाहिँ होइन भन्ने मात्र हो। अमेरिकी विश्वविद्यालयका प्रोफेसरहरू भन्छन्– यो कुनै अमेरिकी सरकारको सहयोग होइन, लगानी हो‚ लगानी। यसबाट नेपालले युएसएडबाट जस्तो निःशुल्क सहयोग पाउँदैन।

नेपालका ‘एमसिसी’ पक्षधरहरु भन्छन्– यो अमेरिकी सहयोग हो र विगत ६ वर्षदेखि हामी यो प्रोजेक्टमा काम गरिरहेका छौं। यसलाई संसदको पूर्वस्वीकृति चाहिएको हुनाले मात्र यसपाली संसदमा पठाइएको हो।

पहिले गुप्तरुपमा काम थालेर, ६ वर्षपछि मात्र संघीय संसदलाई जानकारी दिने कस्तो सम्झौता हो यो? सन्धी, सम्झौताबारे हाम्रो संविधानमा पनि त केही लेखिएको होला। तर सुनियो, एमसिसीलाई नेपालको कानुन वा संविधान पनि लाग्दैन रे!

लौ ठीकै छ, नेपालको संविधान र कानुनले हेर्नसम्म नपाउने सम्झौतालाई संसदले किन समर्थन गर्नु पर्‍यो त! जसरी एमसिसीले भूमिगत रुपमा ६ वर्ष बितायो। त्यसै गरी अर्को ६ वर्ष बिताए भैहाल्यो नि!

काम सकिएपछि ‘लौ माननीज्यूहरू तपाईंहरुले मन नपराएको, हाम्रा केही मान्छेले मात्र मन पराएको ‘सडक’ र ‘हाइड्रोपावर ट्रान्समिसनको’ काम सकियो, हामी लाग्यौं है’ भनेर बिदा लिए पनि हुन्छ! सबै नेपालीहरुले सडकमा लहरै उभिएर ताली बजाउँदै बाई बाई भनेर सौहार्दका साथ माया प्रेम पोखेर बिदा गर्दा तपाईंहरुको मन पनि कति प्रसन्न हुँदो हो। तर‚ नेपालका केही नेताहरुको सकस हेर्दा कुरो यति सजिलो देखिँदैन।

नेपालका नेताहरू त जे पनि बोली दिन्छन्। अहिले आयु सकिन लागेको कोशी बाँध, त्यसपछिको गण्डकी र २५ वर्षदेखि काम थालनी होस् भनेर प्रतिक्षारत महाकालीमा हामीले कागजमा हेरेकै र व्यवहारमा हारेकै हौं। त्यसैले यो एमसिसी पनि हाम्रो हार हुने विषय हो भन्ने बहुसंख्यक नेपालीलाई लागेको छ।

नेपालका नेताहरू त जे पनि बोली दिन्छन्। अहिले आयु सकिन लागेको कोशी बाँध, त्यसपछिको गण्डकी र २५ वर्षदेखि काम थालनी होस् भनेर प्रतिक्षारत महाकालीमा हामीले कागजमा हेरेकै र व्यवहारमा हारेकै हौं। त्यसैले यो एमसिसी पनि हाम्रो हार हुने विषय हो भन्ने बहुसंख्यक नेपालीलाई लागेको छ।

किनभने जति ठूला नेताले यी सम्झौता गरेको भए पनि नेपालको भलो गरेनन् भन्ने हाम्रो ठम्याई छ। त्यसैले एमसिसी सम्झौतामा नेपाली मन्त्रीले हस्ताक्षर गरे भन्दैमा पत्याइ हाल्नु पर्ने अवस्था छैन।

लक्ष्मणपुर बाँध, रसियावाल खुर्दलोटन बाँध पनि पहिले सही गरेर पछि विरोध गरिएको हो भन्ने जानकारी मैले धेरै पहिले पाएको हुँ। भारतीयहरुले बेलाबखत आरोप पनि लगाउने गर्छन्- नेपालीहरु पहिले सम्झौता गर्छन् अनि काम गर्ने बेलामा विरोध गर्छन्।

तर‚ सत्य के हो भने नेताहरू गुपचुप रुपमा काम गर्छन् र त्यो जनताको हितमा छैन भन्ने जनताले थाहा पाएपछि त्यसको चौतर्फी हुन्छ। सिँगो मुलुकसँग सम्बधित भएपछि जनताले जहिले थाहा  पाउँछन् त्यतिबेरै विरोध गर्छन्। त्यस्ता एजेण्डाहरु अहिले पनि छन्।

यो एक्काइसौं शताब्दीमा जंगेले बोलेपछि बोल्यो बोल्यो गर्न त पाइँदैन। जनताको चेतना र अधिकारको कुरा पदमा नजाउन्जेल बोल्ने हो भन्ने नेतालाई लाग्दो हो। तर‚ कुरा त्यतिमा सीमित छैन। त्यो पनि संघीय लोकतान्त्रिक मुलुकमा।

कोशी उच्च बाँध एउटा त्यस्तै एजेण्डा हो। तुम्लिङटारसम्म डुबानमा पार्ने, चुरे पहाडको ठिक्क मास्तिर यति अग्लो बाँध उठाउनु भनेको कुबुद्धि नै हो। नेताहरु जनतासँग परामर्श गर्दैनन्।

यो एक्काइसौं शताब्दीमा जंगेले बोलेपछि बोल्यो बोल्यो गर्न त पाइँदैन। जनताको चेतना र अधिकारको कुरा पदमा नजाउन्जेल बोल्ने हो भन्ने नेतालाई लाग्दो हो। तर‚ कुरा त्यतिमा सीमित छैन। त्यो पनि संघीय लोकतान्त्रिक मुलुकमा।

अमेरिका र भारतले बुझ्नुपर्छ– सधैं पेलेर खान पाइँदैन है भनेर। अमेरिकाले त आफ्ना सहयोगहरूले, शिक्षामा नेपाललाई दिएको सहयोगले नेपाललाई पहराबाट खसालेकै हो। नेपाली शुद्धसँग लेख्न नसक्ने नेपालीलाई मैले पनि भेटेको छु। हाम्रो मानक भाषाको निर्णय पनि हामीले गरेका छैनौं।

हामी साना छौं‚ अविकसित पनि छौं। हामी युद्ध होइन शान्ति मन पराउन मानिस हौं। त्यसैले अमेरिकीहरू हामीसित मित्रता गरिरहन चाहन्छन् भने यो एमसिसी प्रस्ताव, ‘नेपाली जनताको व्यापक विरोध भएको नेपाली नेताहरुको इज्जत प्रतिष्ठा र नेपालसित लामो मित्रतालाई हर क्षेत्रमा बलियो बनाउन हामी आफैंले फिर्ता लिएका छौं’ भनिदिए सबै नेपालीलाई पुग्छ।

होइन, सम्झौतामा हिजो किन सही गरिस् त उसो भए भनेर पेलेरै जाने हो भने एमसिसीका पदाधिकारीहरूले कुन कुरा अहिल्यै बुझ्नु पर्छ भने उनीहरूले कुनै पनि पछिल्ला लडाइँ जितेका छैनन्। उनीहरूको जनशक्ति बेकारमा खेर गएको छ। मरौंला हामी पनि तर हामी मर्छौं आफ्नो देशका लागि, अमेरिकी नागरिक मर्छन्, अन्याय पूर्ण युद्धका लागि।

भियतनाम युद्धमा मारिएका ७० हजार अमेरिकन नागरिकका लागि त तपाईंहरुले एउटा समाधिस्थल बनाउनुभयो। त्यस्ता समाधिस्थल कति बनाउने इच्छा कति राख्नुभएको छ? किनभने नेत्रविक्रम चन्दले हतियार भने हतियार सही भनिसक्नुभएको छ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि खुट्टा हल्लाउन थालेका छन्। राजावादीहरू यस्तो सम्झौताको समर्थनमा आउन सक्दैनन्। हामी लेखक, कविहरू पनि एमसिसीमा ‘हिडेन एजेण्डा’ छ भन्ने थाहा पाएपछि तपाईंहरूको पछि लाग्ने कुरा आएन।

यसलाई तपाईंहरुले चीन घेर्ने रणनीति बनाउन खोज्नुभएको मेरो भन्नु केही छैन। यत्ति हो तपाईंहरू ओरालो लाग्दै हुनुहुन्छ र चीन उँभो लाग्दैछ। चीन युवा शक्ति हो भने तपाईंहरू बुढौतीको सुरक्षा भत्ता खाने ७० वर्षे बुढो भैसक्नुभएको छ।

नेपालमा टेकेर चीनको विरोधमा कुटिल राजनीति गर्न खोज्नुभएको हो भने यसमा पनि त्यसरी नै पछारिनु हुनेछ, जसरी केही समय अघि हङकङमा पछारिनुभएको थियो।

हामी नेपाली, सुन्दर, शान्त, विशाल हौं। यो नेपाललाई कहिल्यै कुनै बन्दुकले जितेको छैन र जित्न सक्ने पनि छैन। हामी नेपालीहरु मायासँग माया सक्छौं, तिरस्कारलाई हामीले अहिलेसम्म स्वीकार गरेका छैनौं र आउने दिनमा पनि हामी त्यसलाई स्वीकार गर्दैनौं।

गोपाल योन्जनले सबैलाई भनिसक्नु भएको छ– ‘म तृष्णा सहन्छु तिरस्कार सहन्न’।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.