|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि बुधबार बिहान थाइल्यान्ड गएका छन्। उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक प्रस्थान गरेका हुन्।

लामो समयदेखि कमलपित्त (जन्डिस)बाट पीडित नेता पुनको स्वास्थ्यमा पछिल्ला केही दिनदेखि समस्या देखिएको हो। पुनलाई कमलपित्तको मात्रा बढेको, बान्ता हुने र ज्वरो आउनेजस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूको सल्लाहमा उपचारको लागि थाइल्यान्ड लगिएको पुनका स्वकीय सचिव सन्तोष पुनले बताए। नेता पुनलाई थाइल्यान्डको बुम्रुङग्राड अस्पतालमा उपचार गराउने तयारी गरिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.