|

धनकुटा : धनकुटा नगरपालिका–९ मुलघाटबाट एक हजार रुपैयाँ दरका २८ हजार रुपैयाँ नक्कली नोटसहित एकजना पक्राउ परेका छन्। 

चेकजाँच गर्ने क्रममा सोमवार राति प्रहरीले नोटसहित धनकुटा–१ हिलेका एक युवालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। सबै नोटमा एउटै नम्बरका रहेको छन्।

घटनाको अनुसन्धान भइरहेकाले प्रहरीले विस्तृत खुलाएको छैन। चेकजा“चका क्रममा एउटा गोजीबाट अर्कोमा हाल्ने क्रममा शंकास्पद लागेपछि प्रहरीले छानविन गर्दा नक्कली रहेको पुष्टि भएको जनाइएको हो। धनकुटामा नक्कली नोट बनाउने र कारोबारमा गिरोह नै हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान तीब्र बनाएको जनाएको छ।

बरामद भएका नोट सक्कली नोटभन्दा केही पातलो र खस्रो रहेका छन्। घटनाबारे प्रहरीले पुष्टि गरे पनि विस्तृत जानकारी बुधवार मात्र गराउने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.