|
घरमै नागरिकता लिँदै खोटाङको साकेला गाउँपालिका–३ खिदिमाकी रामकुमारी राई। तस्वीर : राजकुमार भट्टराई

खोटाङ : खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का ‘झंकार’ को पहलमा अशक्त नागरिकले घरैमा नागरिकता पाएका छन्।

शारीरिक अशक्तताका कारण नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्दा वर्षौं नागरिकताबाट वञ्चितले नागरिकता पाएका हुन्।

गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको सक्रियतामा नागरिकता पाउन नसकेका साकेला गाउँपालिकाका बासिन्दालाई घरैमा पुगेर नागरिकता प्रदान गरिएको अध्यक्ष खड्काले बताए।

नागरिकता पाउनेमा साकेला गाउँपालिका–४ का २० वर्षीय खगिन दर्जी, साकेला–३ बोराटोलकी २५ वर्षीया कृष्णकुमारी खत्री र साकेला–३ खिदिमाकी २५ वर्षीया रामकुमारी राई छन्।

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित उनीरूले अब भने भत्ता पाउने बाटो खुलेको भन्दै खुशी व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.