|

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसिसीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

सम्पादकहरूसँगको अतरक्रिया कार्यक्रममा उनले भने, ‘सम्झौता गर्ने कांग्रेस र माओवादी केन्द्र सरकारमा छ। सरकारले के गर्नुपर्ने उहाँहरूको धारणा मैले बुझ्न खाेजेको हुँ। सरकारको न्युनतम साझा कार्यक्रममा नदेखिएपछि मैले संसदबाट सम्झाएको हो। ओलीले भने, ‘सम्झौता गर्ने प्रधानमन्त्री छ, अर्को सरकार बनाउने किङमेकर भन्छ नि उ पनि सरकारमा छ। त्यसैले मैले सरकारको धारणा खोजेको हो।

एमसिसीबारे सम्झाउन उपाध्यक्ष फातिमा नै आउनुपर्ने हो कि भनेको हो।’ सम्झौता गर्ने बेलामा प्रतिपक्षी रहेको र अहिले पनि प्रतिपक्ष रहेकाले आफ्नो पार्टीको धारणा तय नभएको उनले बताए।

‘भन्छन् नि ताप्के नतातेर बिँड तात्नुको अर्थ छैन। उहाँहरूसँग १६५ को बहुमत छ नि, के गर्नुहुन्छ हेरौँ’ ओलीको भनाइ छ।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.