|

जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना निर्माण आवश्यक रहेको औंल्याएका छन्।

होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले मंगलबार जनकपुरधाममा आयोजना गरेको पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष यादवले धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको प्रदेश २ मा खुद्रा विकासले पर्यटन प्रवर्द्धन सम्भव नरहेको उल्लेख गर्दै एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए।

धार्मिक र ऐतिहासिक पर्यटन विश्वभरि मै पर्यटनको ठूलो हिस्सा ओगटेको बताउँदै उनले पर्यटक भित्र्याउन सक्ने सम्भावना बोकेका प्रदेशभरिकै धार्मिक तथा ऐतिहासिक स्थलहरुलाई समेटेर एकीकृत योजना बनाउन प्रदेश सरकारलाई आग्रह गरे।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि प्रदेशका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुमा विकास निर्माणको काम सुरु गरिसकेको र अगामी दिनमा एकीकृत योजना नै बनाएर अघि बढने बताए। राउतले प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको पर्यटन प्रवद्र्धनका लागि हरेक पक्षसँग सहकार्य गर्न सरकार तयार रहेको बताए।

अर्थमन्त्री शैलेन्द्र साह पर्यटकीय विकासमा अर्थको आभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.