|

काठमाडौं :  नेपाल सरकारले स्यानिटरी प्याडमा कर लगाउने निर्णय गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ।  

'वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ। यो निर्णय तत्काल खारेज गर्न समेत अनेरास्ववियु नेपाल सरकार समक्ष माग गर्दछ' अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै भनेकी छन्, 'कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्याडमासमेत विलासिताको सामग्रीमा झै उच्च कर लगाई महिलाहरूको संवेदनशीलताप्रति गरेको बेवास्ता र विभेदप्रति अनेरास्ववियु घोर निन्दा र आपत्ति प्रकट गर्दछ।'

नेपालका करिब १ करोड ५० लाख महिलाले यसको प्रयोग गर्ने बताउँदै तत्काल निर्णय खारेज गर्न पनि अनेरास्ववियुले माग गरेको छ। स्यानिटरी प्याड महिलाको विलासिता नभई आवश्यकता रहेको जनाउँदै सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउने राज्यको दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, 'विश्व विद्यालयमा अध्ययनरत छात्राहरूका लागि समेत नि:शुल्क र अनिवार्य स्यानिटरी प्याड उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसमक्ष अनेरास्ववियु जोडदार माग गर्दछ।' सरकारले भने स्यानिटरी प्याडमा कर नलगाएकाे स्पस्ट पारेकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.