|

सल्यान : कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउने राउटे समुदायलाई खाद्यान्नलगायत दैनिक उपभोग्य सामाग्री दिइएको छ। बेलायतको लन्डनमा बस्ने नेपाली रविन्द्रजंग लामिछानेले यसका लागि आर्थिक सहयोग गरेका हुन्।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राउटे समुदायलाई शुक्रबार करिब ४ लाख रूपैयाँ बराबरको उपभोग्य सामाग्री हस्तान्तरण गरे। अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँमा बस्दै आएका राउटेलाई उनीहरूकै बस्तीमा पुगेर उनले सामाग्री हस्तान्तरण गरे।

राउटे समुदायलाई ५० पाकेट आटा, त्रिपाल ७५ थान, म्याट्रेस ७५ थान, फोम ७५ थान, चप्पल १ सय २५ जोडी, लुगाधुने साबुन ५ कार्टुन, नुहाउने साबुन १२ दर्जन सामाग्री सहयोग गरिएको छ।

अध्यक्ष तिमिल्सिनाले विभिन्न दाताले सहयोग गर्दै आएको र आफूले राउटे समुदायका लागि सधैं राज्यका नीति निर्माण तहमा आवाज उठाएको र उठाइरहने बताए। राउटे समुदायको जीवनस्तर बिस्तारै परिवर्तन गरेर लैजानुपर्नेमा उनले जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.