|

जाजरकोट : जुनिचाँदे गाउँपालिका–१ बाट वडा नं ७ को चाँदे हिमालको नदैडाबमा तीर्थयात्रामा गएका एक जनाको मृत्यु भएको छ।

तीर्थयात्रा जाँदा हावाहुरीले हिमालमा हुत्याउँदा जुनिचाँदे–१ काब्राका औवान रावतको मृत्यु भएको छ भने लोकबहादुर रावत गम्भीर बिरामी भएको गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यले जानकारी दिइन्।

भदौ ३० गते २५ गाउँले तीर्थ गर्न चाँदे हिमालको नदैडाब गएको आचार्यले बताइन्। अहिले शव र बिरामीलाई तीर्थ गएका स्थानीयले बोकेर धननाँसीमा ल्याएका छन्।लोकबहादुर सिकिस्त रहेको उनले बताइन्। यता जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले यसबारे बुझ्न प्रहरी पठाएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.