|

काठमाडौं : सुलक्षण भारतीको लेखन तथा निर्देशनमा नाटक 'म' आजदेखि मञ्चन हुँदैछ। पुरानो घरको प्रस्तुति रहेको नाटक आजदेखि सिनामंगलस्थित पुरानो घरको आफ्नै नाटकघरमा मञ्चन हुन लागेको हो। 

नाटकमा सुलक्षणकै एकल अभिनय छ। 'म' पुरानो घरको आफ्नै नाटकघरमा मञ्चन हुन लागेको पहिलो नाटक हो।

सुलक्षणको लेखन तथा निर्देशनमा यसअघि 'तीनकुने', 'सलेदो', 'लाटीको छोरो', 'बोक्सीको घर' लगायत नाटक प्रदर्शन भइसकेका छन्। 'म' असोज २० गतेसम्म दैनिक साँझ सवा ५ बजे मञ्चन हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.