|

झापा : छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ। दुर्घटना परी दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति ८ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-१२ कालीझोडामा को २० प ४ नम्बरको मोटरसाइकले सोही दिशातर्फ जाँदै गरेको मे १ त ७०६३ नम्बरको ट्रयाक्टरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक कनकाई नगरपालिका-६ दुर्गापुरका ४३ वर्षीय दिलकुमार कार्की र मोटर साइकलपछाडि रहेका मेचीनगर-१३ का ३० वर्षीय युवराज लिम्बु घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। उपचारको क्रममा लिम्बुको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। ट्रयाक्टर र ट्रयाक्टर चालक मेचीनगर-२ का २६ वर्षीय सुवास नेम्बाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै‚ बिहीबार राति १० बजे मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका-३ स्थित सात नम्बर चौकमा मे १० प ६०७ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको  प्र-१-०१-००१ ज ३५५५ नम्बरको पिकअप गाडी एकापसमा ठक्कर खादा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक मेचीनगर-१३ का ३२ वर्षीय परशुराम लिम्बुलाई बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही स्कुटरको पछाडि सवार मेचीनगर-१३ का ३० वर्षीया मनीषा लिम्बु घाइते भएकी छिन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यता प्रहरीले पिकअप र चालक इलामको सूर्योदय नगरपालिका-१० का २७ वर्षीय विवेक प्रधानलाई नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.