|
फाइल फोटो

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नेता र आफ्नो पार्टी अरूभन्दा फरक हो भन्ने मान्यता स्थापित गरेर अघि बताएका छन्।

शुक्रबार मीनभवनमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय भवन उद्घाटन गर्दै उनले आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गरी अघि बढ्ने बताएका हुन्।

नयाँ पार्टी कार्यालयमा पार्टी अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष नेपालले आफूहरूले अरू नेताहरूको जस्तै गफ लगाएर मात्र छाड्ने होइन काम गरेर देखाउनेसमेत प्रतिबद्धता जनाए।

‘हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर अघि बढ्नेछौँ' अध्यक्ष नेपालले अगाडि भने, 'हामी गफबाट होइन, जनतालाई अल्मल्याउने बोलीले होइन व्यवहारले पुष्टि गरेरै देखाउनेछौँ।'

कार्यक्रममा अध्यक्ष नेपालले तत्काल अरू पार्टीहरूसँग कुनै प्रकारको एकीकरण पनि नगर्ने पनि प्रस्ट पारे। त्यस्तै उनले अहिले रहेको पाँच दलको गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राखेर अघि बढ्ने स्पष्ट पारे। उनले आफ्ना नेता कार्यकर्ताहरू कोही कसैलाई विचलित नहुन पनि सुझाव दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.