|

काठमाडौं : राजधानीको टेकुस्थित कौशी थिएटरमा मञ्चन भइरहेको नाटक 'हरेक बबाल कुरा' को प्रदर्शन दुई दिन थपिएको छ। भदौ २५ देखि मञ्चन भइरहेको नाटकको प्रदर्शन दर्शकको आग्रहमा दुई दिन थपिएको हो। 

यसअघि असोज १ सम्म मञ्चन हुने तय भएकोमा अब दुई दिन थपेर असोज ३ गतेसम्म नाटक मञ्चन गर्न लागिएको हो। आकांक्षा कार्कीको निर्देशनमा प्रदर्शित नाटक शनिबार दिउँसो ४ बजे र आइतबार साँझ साढे ५ बजे मञ्चन हुनेछ। 

'हरेक बबाल कुरा' डंकन म्याकमिलनको नाटक 'एभ्री ब्रिलियन्ट थिङ' को नेपाली अनुवाद हो। नाटकको नेपालीमा अनुवाद क्षितिज पराजुली र निर्देशक कार्कीले गरेका हुन्। नाटकमा सुदाम सिकेको अभिनय रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.