|

काठमाडौं :  बिहीबार कोरोना संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार १५ हजार एक सय ७९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १५ सय ११ जना संक्रमित भेटिएका हुन् भने यही समयमा १६ सय ८९ जना संक्रमणमुक्त भएका छन्।

आज ११ जना संक्रमितको मृत्यु भएको छ। हाल देशभर २५ हजार ७७ सय २ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै आज देशभर ११ हजार ८ सय ९९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हालसम्म नेपालमा ५४ लाख ७३ हजार एक सय ५१ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन भने ६० लाख ५७ हजार एक सय ९४ जनाले पहिलो डोज खोप लगाएका छन्।

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.