|

पर्सा : भारतबाट अवैध तवरबाट नेपाली रूपैयाँ लिएर आउँदै गरेका एक हुन्डी कारोबारी नोटसहित समयमा पर्सामा पक्राउ परेका छन्।

पर्सा प्रहरीले वीरगन्ज भन्सार दक्षिणतर्फको शंकराचार्य गेटमा जाँचका क्रममा आइतबार ५ लाख अवैध हुन्डी नेपाली नोटसहित उनलाई पक्राउ गरेको हो।

पर्साको वीरगन्ज महानगरपालिका–२ बस्ने वर्ष ४३ को महमद आसिफ अन्सारी रहेको पर्सा प्रहरीले जनाएको छ। ना २५ प ८७६२ नम्बरको डिस्कभर मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेका उनको सुरक्षाकर्मीले जाँच गर्दा उनीसँग उक्त रकम भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए।

अवैध हुन्डी रकम अभियुक्तले लगाएको हेलमेटभित्र लुकाएर ल्याउँदै गर्दा फेला परेपछि अभियुक्त अन्सारीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाइएको उनले बताए। अभियुक्त अन्सारीलाई बैंक तथा वित्तीय ऐनसम्बन्धी कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.