|

काठमाडाैं : अंगीकृत नागरिकता पाएका १ लाख ९० हजारभन्दा नागरिकका सन्तानले तराई मधेशमा नागरिकता पाउन नसकेकोमा मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर जसपाका नेता प्रमोद साहले आपत्ति जनाएका छन्। 

उनीहरुलाई तत्काल नागरिकताको व्यवस्था हुने गरी कानुन निर्माण गर्न सरकारसँग उनले माग गरे। संविधानले सबै नागरिकले नागरिकता पाउनैपर्ने व्यवस्था गरे पनि त्यसअनुसार कानुन बनाउन सरकार गम्भीर नभएको आरोप उनले लगाए। 

'संविधानको धारा १० (१) मा कुनै पनि नागरिक गैरनागरिक भएर बस्न हुँदैन भन्ने व्यवस्था गरिएको छ। तर अंगीकृत नागरिकता पाएका तराई मधेशका १ लाख ९० हजार भन्दा बढी नागरिकका सन्तान नागरिकता पाउनबाट बञ्चित भएका छन्। उनीहरूले तत्काल नागरिकता पाउने गरी कानुन बनाउन म सबै माननीय सदस्यजी र सरकारसँग आग्रह गर्दछु।'

नेता साहले नागरिकता दिने विषयमा राज्य गैरजिम्मेवार बन्न नमिल्ने उल्लेख गर्दै नागरिकता दिने विषयमा उठेका गम्भीर प्रश्नको जवाफ तत्काल दिनुपर्ने बताए। वैवाहिक अंगीकृतलाई नागरिकता दिन ७ वर्षे उमेर हद राख्न नहुने उनले अडान पनि राखे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.